नवौ पोखरा महोत्सवबाट ४४ लाख २५ हजार बचत, ९ लाख जुलोजिकल पार्कलाई

नवौ पोखरा महोत्सवबाट ४४ लाख २५ हजार ९ सय ७५ रुपैया वचत भएको छ । गत पुष २७ देखी माघ ८ गते सम्म युनाईटेड क्लवको आयोजनामा पोखराको अमरसिंह चौरमा सम्पन्न नवौ पोखा महोत्सवबाट कुल आम्दानी १ करोड ६० लाख २१ हजार ४ सय ६५ मध्ये खर्च १ करोड १५ लाख ९५ हजार ४ सय ९० रुपैया कटाएर ४४ लाख २५ हजार ९ सय ७५ रुपैया वचत भएको क्लवका कोषाध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिनुभयाे ।

बचत रकम मध्ये युनाईटेड क्लवको ड्रीम प्रोजेक्ट पोखरा जुलोजिकल पार्क लाई २० प्रतिशतका दरले हुन आउने ९ लाख रुपैया प्रदान गरिएको छ । शनिवार युनाईटेड क्लवकोे नवौ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओम बहादर राना मगर, युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङ लगायतका क्लवका पदाधिकारीहरुले पोखरा जुलोजिक पार्कका अध्यक्ष हिमालय बख्रेल, उपाध्यक्ष वेदनाथ ओझा, कोषाध्यक्ष पुरुषोत्तम अधिकारी, महा सचिव दामोदर भक्त थापा, सदस्य केशव पंगेनी र हेमराज अधिकारीलाई नौ लाख रुपैयाको चेक हस्तान्तरण गरिएकाे हाे ।

सो अवसरमा वोल्दै कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना मगरले युनाईटेड क्लवको सामाजिक सेवालाई अन्य क्लव तथा संघ सस्थाहरुले सिको गर्नुपर्ने वताउनुभयाे । पछिल्लो समय युवाहरु दुर्व्यसनी जस्ता कुलतमा फस्दै गइरहेको सन्दर्भमा युनाईटेड क्लवले युवाहरुलाई एकीकृत गरी सामाजिक काम प्रति जागरुक बनाइ नवौ वार्षिकोत्सव सम्म आइपुग्दा आफुलाई उच्च स्थानमा बनाउन सफल भएको वताउदै युनाईटेडले नाम जस्तै काम गरेको समेत वताउनुभयाे ।

त्यस्तै पोखरा महानगर वडा नम्बर १२ का अध्यक्ष राम बहादुर कार्कीले युनाईटेड क्लवले पछिल्लो समयमा सामाजिक कामकै माध्यामबाट नाम कमाउन सक्षम भएको वताउनुभयाे । पोखरा जुलोजिक पार्कका अध्यक्ष तथा युनाईटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लव पोखरेली जनताको साथ र समर्थनकै कारण आजको दिन सम्म आइपुगेको बताउनुभयाे । उहाँले नेपालमा नै नमुना खुल्ला चिडियाखाना निर्माणका लागी पहलकदमी थाल्दै गर्दा कसैलेपनि विश्वास नगरेको क्लव सामाजिक कामकै माध्यामबाट नवौ वार्षिकोत्सव सम्म आइपुग्दा सवैको मनमनमा बस्न सफल भएको उल्लेख गर्नुभयाे ।

उक्त अवसरमा क्लवलाई अतुलनीय योगदान पुर्याएबापत क्लवका सदस्यहरु सावित्री थापा, कष्ण थापा मगर र भीम गुरुङलाई सम्मानपत्रद्धारा सम्मान गरिएको थियोभने राष्ट्रपतिबाट जनसेवाश्री सेवा विभुषण सेवा पदक वाट विभुषित प्रजापति पराजुली र पवित्रादेवी गुरुङलाई समेत सम्मान गरिएको थियो ।

क्लवका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले स्वागत मन्तब्य र द्धितिय उपाध्यक्ष लोक बहादुर थापाले धन्यवाद मन्तब्य र कार्यक्रम सञ्चालन क्लवका महासचिव शान्त बहादुर थापाले गर्नुभएकाे थियाे ।

Facebook Comments