नेपालमा एउटा मात्रै पार्टी कम्युनिष्ट रहने काग्रेस नेतृ कोइरालाको दावी

नेपाली काग्रेसकी नेतृ सुजता कोइरालले पद लोभ गरे काग्रेस सकिने बताउनु भएको छ । आज पोखरामा जीपी फाउन्डेसन गण्डकी प्रदेशको आयोजनामा भएको स्व. गिरिजाप्रसाद कोइरालाको ९औं स्मृति दिवसको अबसरमा आयोजित फोटो प्रदशर्ननी तथा शान्ति प्रजातन्त्र र विकासमा योगदान विषयक विचार गोष्ठीमा सो कुरा बताउनुभएको हो ।

नेतृ कोइरालले काग्रेमा टिकट पैसा संग साट्ने गरेको भन्दै सो कुरा बताउनु भएको उहाँले शान्ति प्रक्रिया भंग भए नेपालमा फेरी अर्को माओबादी जन्मने भन्दै कोइरालाले काग्रेस सहमती सहकार्यको लागि सधै अग्रसर हुनु पर्ने बताउनुभयो । कोइरालाले गणतन्त्र,संघियता असफल भए काग्रेसपनि सकिने भन्दै गणतन्त्र र संघियता बलियो बनाउन काग्रेस लाग्नु पर्नेमा जोड दिनुभयो ।

पहिलेको काग्रेस जे बोल्थो त्यो गरर्थो अहिलेको काग्रेस जे बोल्छ त्यो गर्देन भन्नु भयो । आफ्ना पिता समेत रहनु भएका पुर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको स्मरण गर्दे हरेक जनताको पिरमर्का बुझ्नु भएकोले सवैको अभिभावक हुनु भएको बताउनुभयो ।

गिरिजा हुदाको काग्रेस र अहिलेको काग्रेसको नेताहरुमा फरकपन आएको बताउनुभयो । कार्यकर्तालाई चुनावमा बाहेक अन्यदिनमा काग्रेस नसम्झने गरेको बताउनुभयो ।

Facebook Comments