परिवर्तनका लागि बम पड्काउन आवश्यक छैन : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अव परिवर्तनका लागि बम पड्काउन आवश्यक नभएको बताउनुभएको छ । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीप्रति लक्षित गर्दै अध्यक्ष प्रचण्डले बम पड्काउने, जनतामा आतंक सिर्जना गर्ने कार्यले मुलुकमा परिवर्तन नहुने जिकीर गर्नुभयो ।

चितवनको कैलाशनगर माध्यामिक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विप्लवलाई २०५२ सालको जस्तो अवस्था २०७६ मा नरहेको भन्दै वार्तामा आउन समेत आग्रह गर्नुभयो ।

संविधानमा नै समाजवाद लेखिएको भन्दै उहाँले संविधान कार्यान्वयन गर्दै जाँदा परिवर्तन गर्न सकिने भन्दै अन्य खालको संघर्ष आवश्यक नभएको जिकीर गर्नुभयो । सोमबारसम्म पार्टी एकताका सम्पूर्ण कामहरु टुंग्याउने उहाँको भनाई थियो ।

Facebook Comments