पौडीमा एपिएफ र आर्मीका खेलाडीद्धारा नयाँ रेकर्ड
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पौडी तर्फ आर्मीकी गौरीका सिंह सहित तीन जनाले नयाँ राष्ट्रिय रेकर्ड तोडेकाछन्। एपिएफले भने दुई वटा रेकर्ड तोड्न सफल भएको हो ।
नेपालगन्ज स्थित एक होटलको पौडी पोखरीमा आयोजना भएको प्रतियोगितामा एपिएफका शुभम श्रेष्ठ र तेन्जीङ एन.आर. गुरुङले नयाँ रेकर्ड तोड्दा भित्रुवन आर्मीकी गौरीका सिंहले पनि रेकर्ड तोड्न सफल भएकी हुन्। त्रिभुवन आर्मीकी गौरीका सिंहले आफ्नै नाममा रहेको रेकर्डमा सुधार गरेकी हुन् ।
५० मिटर व्याक स्ट्रोक महिला तर्फ उनले ३०ः८५ सेकेण्डमा उक्त दुरी पार गरी रेकर्ड तोड्न सफल भएकी हुन्। उनले यस अघि उक्त दुरी ३१ः२२ सेकेण्डमा पार गरेकी थिइन।्। आइतबार देखि सुरु भएको पौडी प्रतियागितामा पहिलो दिनको खेलमा आर्मीैले ४ स्वर्ण, एपिएफ र एनआरएनले समान दुइ स्वर्ण पदक जितेका हुन्।
एपिएफका श्रेष्ठले पुरुष एक सय मिटर व्रेसस्ट्रोकमा आफ्नै नममा रहेको रेकर्ड तोड्न सफल भएका हुन्। उनले १ मिनेट ८ः३४ सेकेण्डको रेकर्डलाइ १ मिनेट ८ः१५ सेकेण्डमा दुरी पार गरी आफ्नो रेकर्डमा सुधार गरेका हुन्।
त्यसै गरी एपिएफकै ५० मिटर व्याक स्ट्रोकमा गुरुङले मिराज प्रजापतीको नाममा रहेको रेकर्ड तोड्न सफल भए । प्रजापतिले उक्त दुरी ३४ः१३ सेकेण्ड पार गरेको रेकर्ड कायम भएकोमा गुरुङले ३२ः८१ सेकेण्डमा उक्त दुरी पार गरी नयाँ रेकर्ड कायम गर्न सफल भएका हुन्।
आइटिएफ तेक्वान्दोबाट गण्डकी प्रदेशलाइ १ स्वर्ण, २ कास्य पदक
नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत आइटिएफ तेक्वान्दोबाट गण्डकी प्रदेशले १ स्वर्ण र २ कास्य पदक हात पार्न सफल भएको छ ।
आइतबार भएको महिला तर्फको ४६–५० केजी तौल समुहमा गण्डकी प्रदेशकी सुस्मिता थापा मगरले स्वर्ण पदक दिलाएकी हुन्। उनले प्रदेश नम्बर ३ की निलीमा सुनुवारलाई फाइनल खेलमा पराजित गर्दै स्वर्ण पदक दिलाएकी हुन्। त्यसै गरी पुरुष एकल तर्फ ५१ देखि ५५ केजी तौल समुहमा सागर सम्शेर कुवंर र महिला तर्फको उक्त इभेन्टमा गोमा थारुले कास्य पदक दिलाएकी हुन्। शनिबारको खेलमा गण्डकी प्रदेशले ३ रजत पदक प्राप्त गरेको मुख्य प्रशिक्षक सुरज सुनारले बताए ।
पुरुष ह्याण्डबलमा गण्डकीको अपराजित यात्रा जारी
नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत सोमबार सेमिफाईनलका खेलहरु हुने भएकाछन्।
पुरुष तर्फको खेलमा गण्डकी प्रदेश बिरुद्ध प्रदेश नम्बर ३ बिच सेमिफाईनल खेल हुने भएको छ भने अर्को खेलमा एपिएफ बिरुद्ध विभागिय टोली त्रिभुवन आर्मी क्लव बिच खेल हुने भएको छ । विशाल बस्नेतको कप्तानिमा मैदानमा उर्तिएको गण्डकी प्रदेशले लिग चरणका ४ खेलमै जित हासिस गरी समुह बिजेता हुदै सेमिफाइनलमा यात्रा बनाएको हो । समुह बीबाट प्रदेश नम्बर ३ उपविजेता भएको हो । त्यसै गरी समुह बीबाट विजेता भएको एपिएफसंग समुह बिको उपविजेता आर्मी बिच अर्को सेमिफाइनल खेल हुने भएको हो ।
त्यसै गरी महिला तर्फ एपिएफ बिरुद्ध गण्डकी प्रदेश र अर्को सेमिफाइनल खेलमा आर्मी बिरुद्ध प्रदेश नम्बर एक प्रतिष्प्रर्धा गर्ने भएका हुन्।
आइतबार भएको अन्तिम लिग चरणकोे पुरुषतर्फ को खेलमा गण्डकीले आयोजक प्रदेश नं ५ लाई ४२–१२ को फराकिलो गोल अन्तरले हपराजित गर्योे । गण्डकीको जितमा चन्द्र केसीको सर्वाधिक ११ गोलको योगदान दिए ।
त्यस्तै, महिलातर्फको खेलमा गण्डकीले तीन जित निकाल्दै समुह उपविजेता बन्दै सेमीफाइनल यात्रा बनाएको हो । महिलातर्फको ह्याण्डबलमा विभागीय सशस्त्रको एपीएफले चार खेल जित्दै सेमीफाइनल यात्रा बनाएको हो ।
आइतबार भएको लिग चरणको अन्तिम खेलमा गण्डकीले विभागीय नेपाली सेनाको त्रिभुवन आर्मीसँग ७ गोलविरुद्ध ३० गोलको फराकिलो अन्तरले पराजित गर्यो । उक्त खेलमा आर्मीका कोपिला राईले सर्वाधिक ११ गोल गरिन् । ह्याण्डबलमा पुरुषतर्फको खेलमा स्वर्ण र महिलातर्फको खेलमा गण्डकी प्रदेशले कास्य पदकको आशा गरेको सहायक प्रशिक्षक गणेश अर्यालले बताए । फाईनल खेल मंगलबार हुने भएको नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज गुरुङले बताए । ह्याण्डवलमा नेपाल पुलिस र एनआरएन बाहेक ९ टिमको सहभागिता रहेको थियो ।

