विहानै भूकम्पको धक्का महसुस, धादिङ केन्द्रविन्दु

बुधबार विहानै भुकम्पकाे धक्का महसुस भएकाे छ । भूकम्प मापन केन्द्रका अनुसार धादिङ जिल्लाकाे नौबिसेलाई केन्द्रविन्दु बनाएर बुधबार विहानै भूकम्प गएको हाे । भूकम्पको धक्का काठमाडौं, नुवाकाेट धादिङ लगायतका जिल्लामा समेत महसुस भएको थियाे ।

भूकम्प मापन केन्द्रले दिएकाे जानकारी अनुसार ५.२ रेक्टरको पराकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको पनि केन्द्रले जनाएकाे छ । चार वर्ष अघि १२ वैशाखमा विनाशकारी भूकम्प गएको थियो । वैशाख १२ को अघिल्लो दिन पराकम्पले धेरैलाइ झस्काएको छ, उनीहरु घर बाहिर निस्किएका थिए ।

Facebook Comments