गण्डकी प्रदेशमा नेकपाकाे पालिका संयन्त्र विघटन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गण्डकी प्रदेशमा पालिका संयन्त्र विघटन गरेकाे छ । नेकपा गण्डकी प्रदेशको मंगलबार पोखरामा सम्पन्न बैठकले गण्डकी प्रदेशका एघारै जिल्लाका पालिका संयन्त्र विघटन गर्ने निर्णय गरेको हो ।
नेकपा गण्डकी प्रदेशका सचिव गोविन्दबहादुर नेपालीका अनुसार बैठकले सम्बन्धित कमिटी गठन भइसकेका नगरपालिका, गाउँपालिका र वडा संयन्त्रहरु विघटनकाे निर्णय गरेकाे हाे ।
बैठकले बागलुङ, पर्वत, म्याग्दी, मनाङ, मुस्ताङ, लमजुङ र तनहुँका पालिकाहरुमा तत्काल कमिटी बनाउने, तनहुँको व्यास नगर कमिटीमा सम्बन्धित नगरपालिकाका पार्टी वडा अध्यक्षहरुलाई समावेश गर्ने तथा अन्य थप्नुपर्ने भए बरिष्ठता र जेष्ठताको आधारमा संख्या थप्न पार्टीको तनहुँ जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।
बैठकले प्रदेशस्तरीय भेला र प्रशिक्षणाका लागि केन्द्रसँग समन्वय गर्न पदाधिकारीलाइ जिममा दिएकाे छ ।

बैठकमा नेताहरूले पार्टी एकताकाे मर्मलाइ तल्ला कमिटीसम्म पुर्याउन अनुराेध गरेका थिए । गुट उपगुट बनाउने भन्दा पनि पार्टी एकतालाइ मजबुत र गतिशील बनाउन लाग्नुपर्ने नेताहरूकाे भनाइ थियाे ।
बैठकमा नेकपाका गण्डकी प्रदेशका इञ्चार्ज पृथ्वीसुब्बा गुरूङ, सहइञ्चार्ज खगराज अधिकारी, प्रदेश अध्यक्ष हितराज पाण्डे, सचिव नेपाली लगायतकाे उपस्थिति रहेकाे थियाे ।

