हेमजामा जारी सेभेन “ए” साइड फुटबल प्रतियोगितामा शनिबार सेमीफाइनल र फाइनल खेल हुने
३६ टिम सहभागी प्रतियोगितामा शुक्रबार क्वाटर फाइनलका चार खेल सम्पन्न भएका छन् । पहिलो खेलमा एकता एफ सी भर्सेस माटेपानीवीच भएको खेल निर्धारित समयमा बराबरी भएपछि ट्राईवेकर पुगेको थियो । ट्राईवेकरमा ४–३ गोल अन्तरले एकता एफ सी विजयी भएको छ ।
दोस्रो खेलमा दिव्य दृष्टी र वि टी क्लववीच पनि बराबरी भएपछि ट्राईवेकरमा वि टी क्लव ७–६ गोलअन्तरले पराजित भएको छ ।
पोखरा महानगरपालिकाको हेमजामा दोस्रो विष्णु तिमिल्सिना मेमोरीयल हेमजा सेभेन ए साईड फुटवल प्रतियोगिता–२०७५ को फाइलन शनिबार हुने भएको छ । विष्णुपादुका क्लब हेमजाको आयोजनामा सञ्चालन भएको दोस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगितामा एकता लालिगुराँस, विटी एफसी, तारा एफसी र एलजी एसोसियसन सेमिफाइनलमा प्रवेश गरेका छन् ।

तेस्रो खेलमा तारा एफ सीले भदौरेलाई २–० गोलअन्तरले विजयी बनेको छ । त्यस्तै एलजी एशोसियशन वि १३ वीच भएको खेलमा एलजी एशोसियशन १–० गोल अन्तरले बिजयी भएको छ ।
शनिबार विहान पहिलो सेमिफाइनल खेल तारा एफसी र विटी एफसीबीच तथा दोस्रो
सेमिफाइनल खेल एलजी एसोसियनसन र एकता लालिगुरासबीच हुने विष्णु पादुका क्लबका उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल पनि शनिबार दिउसो १ वजे हुने विष्णु पादुका क्लबका अध्यक्ष कृष्ण खड्काले जानकारी दिनुभयो ।
विष्णु पादुका फुटबल एकेडेमीको सहयोगार्थमा भएको उक्त प्रतियोगिता विष्णु पादुका खेल मैदान पोखरा–२५ हेमजामा सञ्चालन भएको छ । ‘मैत्रीभाव तथा स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल उद्घोषका साथ युवाहरुलाई रचनात्मक कार्यमा संलग्न गराउँदै राष्ट्रको खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा प्रथम टिमलाई १ लाख ११ हजार १ सय ११ ट्रफी, मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमलाई ५५ हजार ५ सय ५५ ट्रफी मेडल र प्रमाण पत्र रहेको छ ।

