नयाँ बर्षकै अवसरमा लेकसाइडमा ब्लु हिमालयन होटल सञ्चालनमा

पोखराको लेकसाइडमा डिलक्स सुविधा सहितको होटल सञ्चालनमा आएको छ । तिलक तिवारीले ७० लाखको लगानीमा पोखरा ६ लेकसाइड प्रगति मार्गमा ब्लु हिमालयन होटल सञ्चालन गर्नुभएको हो । होटलले नयाँ बर्ष २०१९ का अवसरमा आफ्नो सेवा शुरु गरेको छ ।

पोखरा सडक महोत्सवका अवसर तथा अंग्रेजी नयाँ बर्ष २०१९को अवसरमा होटलले सेवा शुरुवात गरेको तिवारीले जानकारी दिनुभयो । होटलमा एटेच ट्वाइलेट बाथरुम सहितका सुविधाजनक ८ वटा डबल र ८ वटा सिंगल रुम रहेका छन् । होटलबाट हिमाल, फेवाताल, साथै पोखरा आसपासका क्षेत्र शान्ति स्तुप, सराङकोट, काहुँडाडा लगायतको दृश्यावलोकन गर्न सकिन्छ ।

होटलमा नेपाली, इण्डियन, चाइनिज र इटालियन खानाका परिकार उपलब्ध गराउने तिवारीले जानकारी दिनुभयो । न्यूनत्तम १ हजार देखि ४ हजार सम्म शुल्क तिरेर ग्राहकले होटलमा सेवा लिन सक्नेछन् । सुपथ मुल्यमा डिलक्स रुम तथा हाइजेनिक खाना उपलब्ध गराउने होटलले जनाएको छ ।

Facebook Comments