सडक निर्माणले तिव्रता लिन सकेन : मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले सडक निर्माणले तिव्रता लिन नसक्दा सरकार आलोचित बन्नु परेको स्वीकार गर्नुभएको छ । सडक बोर्ड नेपालको १६ औं वार्षिकोत्सवको आज काठमाडौंमा उद्घाटन गर्दै उहाँले धेरै कानुनी जटिलता सुुल्झाउन सरकार व्यस्त रहेकाले कानुन निर्माणको काम सकिएपछि सडक निर्माणले गति लिने बताउनुभयो ।

मन्त्री महासेठले आफ्ना योजनाहरु पेश गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै सडक निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराउन तयार रहेको धारणा राख्नुभयो । नेपाल सरकारले तय गर्ने बजेट मध्ये विकास खर्च हरेक बर्ष पूर्ण रुपमा खर्च गर्न नसक्ने अवस्था रहँदै आएको छ ।

Facebook Comments