मलेसियाबाट फर्किएकाहरूको भेला हुने, सामुहिक लगानीको प्रयास

मलेसियामा रोजगारी गरेर फर्किएकाहरुको भेला काठमाडौंमा हुने भएको छ। जनबरी १ मा मलेसियाबाट फर्किएका नेपालीहरुको भेला हुन लागेको हो। भेलामा मलेसियाबाट फर्किएकाहरुका बीचमा सामुहिक लगानीको खोजी गर्ने उदेश्य राखिएको छ।

मलेसिया रिटर्नी समाज नेपालद्वारा आयोजना हुन लागेको सो भेलाका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अभियन्ता रामचन्द्र नेपालले मलेसियाबाट फर्किएकाहरुका बीचमा सामुहिक प्रयासको थालनी गर्नका लागि भेलाको आयोजना गरिएको बताउनुभयो ।

विदेशमा सिकेको सिपलाई नेपालमा कसरी उपयोग गर्ने भन्ने विषयमा भेलामा बृहत छलफल हुने उहाँले जानकारी दिनुभयो । विदेशबाट फर्किएकाहरु तथा उनीहरुका परिवारलार्ई वित्तिय साक्षरताको बारेमा जानकारी बृद्धि गर्ने, सामुहिक लगानीको खोजी गर्ने र आपसी अनुभव आदानप्रदान गर्ने लक्ष्य राखेर भेलाको आयोजना गरिएको हो ।

Facebook Comments