लेखनाथ महोत्सव समापन आज, लक्ष्य प्राप्त भइसकेको आयोजकको दावी

कास्कीको लेखनाथमा जारी १५ औं संस्करणको लेखनाथ महोत्सव सोमबार समापन हुँदैछ । समापन अघि नै लक्ष्य प्राप्त भइसकेको आयोजकको दावी रहेको छ । महोत्सव समापन हुन एक दिन अगाडी आईतवार सम्मको आर्थिक कारोवार र दर्शक संख्याले महोत्सवको लक्ष्य प्राप्त भएको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले दावी गर्नुभयो ।

हामीले महोत्सव अवधिभर तीन लाख दर्शक र १५ करोड बरावरको र्र्आिर्थक कारोवार हुने अनुमान गरेका थियौ तर त्यो अनुमान समापन पुर्ब नै पुगेकाले विगतका महोत्सव भन्दा पनि यस बर्षको महोत्सव भव्य रुपमा सफल भएको भण्डारीको भनाई छ । उहाँले महोत्सवले नयाँ कृतिमान राख्न सफल भएको उल्लेख गर्नुभयो ।

महोत्सवको ११ औं दिन आईतवार करिव ४० हजार दर्शकले मेलाको अवलोकन गरेका छन् । महोत्सव समापनको अघिल्लो दिनसम्ममा तीन लाख बढी दर्शकले अवलोकन गरिसकेका प्रचार प्रसार उपसमितिका संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिनुभयो ।

आईतबार मात्र दुई करोड बरावरको आर्थिक कारोवार भएको र हालसम्म करिव सत्र करोड वरावरको कारोवर भईसकेको संघका कोषाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिनुभयो ।

यसैविच महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महोत्सवको थप आकर्षका रुपमा रहेको रत्यौली गीत प्रतियोगितामा र महोत्सवको मुख्य आर्कषणको रुपमा रहेको खोजी अभियान अन्तर्गत गायन विधाको गण्डकी तारा प्रतियोगिताको घोषणा आज समापनका दिन हुने संयोजक मेनुका श्रेष्ठ र ऋषिराम जमरकटेलले जानकारी दिनुभयो ।

महोत्सवको समापन पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले गर्नुहुने महासचिव भरतकुमार अधिकारीले जानकारी दिनुभयो ।

Facebook Comments