माउण्ट कैलाश रिसोर्टमा डिजे छेवाङको डिजे प्रस्तुती रहने

पोखराको लेकसाइडमा रहेको माउण्ट कैलाश रिसोर्टले यस बर्ष पनि अंग्रेजी नयाँ वर्षको अवसरमा न्यु इयर इभ पार्टीको आयोजना गरेको छ । प्रत्येक वर्षजस्तै यस वर्षपनि रिसोर्टले अंग्रेजी नयाँ वर्ष २०१९ को स्वागत स्वरुप विभिन्न सांस्कृतिक कार्यक्रम सहित न्यु इयर इभ पार्टीको आयोजना गरेको माउण्ट कैलाश रिसोर्ट प्रालिका अध्यक्ष नरेश भट्राईले जानकारी दिनुभयो ।

३१ डिसेम्बर साँझ न्यु इयर इभ(सन् २०१८ को विदाई र २०१९को स्वागत)मा विभिन्न साँस्कृतिक कार्यक्रम सहित लाइभ ब्याण्डको प्रस्तुती रहने रिसोर्टका अप्रेसन म्यानेजर टेक गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार ब्लु फायर ब्याण्डको लाइभ प्रस्तुतती संगै विश्वकै अग्लो स्थानमा डिजे गरी गिनिज बुकमा नाम लेखाउन सफल डिजे छेवाङको डिजे प्रस्तुती रहनेछ ।

विभिन्न अन्तराष्ट्रिय अवार्ड समेत प्राप्त गरेको प्रतिष्ठित रिसोर्ट माउण्ट कैलास रिसोर्टले न्यु इयर इभको अवसरमा रिसोर्टमा आउने पाहुनाहरुलाई खानाका परिकारमा विशेष छुटको समेत ब्यवस्था गरेको छ ।

माउण्ट कैलाश रिसोर्टले पाहुनाहरुलाई लक्षित गरी नेपाली नयाँ वर्ष, ल्होसार, क्रिसमस, अंग्रेजी नया वर्ष जस्ता चाडपर्वहरुमा विशेष कार्यक्रमहरु गर्दैै आइरहेको छ । रिर्सोटमा हुने कार्यक्रममा छिमेकी जिल्ला सहित काठमाडौ, धरान, बुटबल, नेपालगञ्ज लगायतका स्थानबाट पाहुना आउने गरेका छन् ।

Facebook Comments