सडक महोत्सवमा स्टाफ तथा टुरिष्ट रेस सम्पन्न
सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ भन्ने मूलनाराका साथ भएको महोत्सव अन्तर्गत सोमबार स्टाफ तथा टुरिष्ट रेस सम्पन्न भएको छ । स्टाफ रेसमा ओपन हाउस रेष्टुरेष्टका गणेश गिरी प्रथम, बि ह्याप्पी रेष्टुरेण्टका चिना घर्ती द्वितिय तथा हंग्री आइका संसार पराजुली तृतीय भएको आयोजकले जनाएको छ ।
उनीहरुले क्रमश ५, ३ र २ हजार नगद पुरस्कार प्राप्त गरेका थिए । टुरिष्ट रेसमा साउद कोरियाका याङ जे युक प्रथम भएको महोत्सव अन्तर्गत खेलकुद कार्यक्रम संयोजक विकास भट्टराईले जानकारी दिनुभयो ।
Facebook Comments

