कम्युनिष्ट विचार पढाउने स्कुल वडा वडामा आबश्यक सचिव नेपाली
नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा नेकपा गण्डकी प्रदेशका सचिव गोविन्द नेपालीले कम्युनिष्ट हुनको लागि विचार र सिद्धान्तमा अडिक हुनुपर्ने बताउनु भएको छ ।
कम्युनिष्टको कार्ड गोजीमा हुदैमा कम्युनिष्ट हुन नसकिने भन्दै उहाँले अब वडा वडामा कम्युनिष्ट विचार पढाउने स्कुल खोल्नु पर्ने बताउनुभयो ।
शनिबार नेपाल कम्युनिष्ट पार्टी नेकपा पोखरा महानगर वडान ३२ले आयोजना गरेको अगुवा कार्यकर्ता पशिक्षण कार्यक्रममा बोल्दै नेपालीले सो कुरा बताउनुभएको हो ।
कम्युनिष्टको लागि अहिले जनताले महत्वपुर्ण अबसर दिएको भन्दै जनप्रतिनिधिहरुले जिम्मेवारीपुर्वक काम गर्नुपर्ने बताउनु भयो ।
वडा कमिटिलाई नमुना वडा बनाउने गरी काम गर्न आग्रह गर्दै उहाँले चुनावको बेला मजदुर दलित जनजाति आर्थिक रुपमा पछाडि रहेको जो उम्मेदवार भएपनि जनताले जिताउने बातावरण अहिले देखि तयार पार्न कार्यकर्तालाई निर्देशन दिनु भयो ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य तथा नेकपा कास्की सह– इन्चार्ज भीम कार्कीले राष्ट्र निर्माणको लागि कम्युनिष्टहरुले धेरै ठुलो त्याग गरेको स्मरण गर्दे २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी अहिलेको उपलब्धी प्राप्तीको लागि ७० बर्ष लागेको भन्दै अहिलेका उपलब्धी बचाउनु सवै कम्युनिष्ट नेता देखि कार्यकर्ताको दायित्व हुने बताउनु भयो ।

