सांसद र सभामुख दुवै पदबाट राजीनामा दिन सत्तारुढ नेकपाकाे सुझाव

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख कृष्णबहादुर महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाव दिएको छ ।

नेकपाकाे सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीसँगकाे कुराकानीमा महराले सांसद र सभामुख दुबै पदबाट राजीनामा दिएर छानविन प्रक्रियालाई सहयाेग गर्नुपर्ने निष्कर्षमा पुगेकाे बताउनुभयाे ।

महरामाथि संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियाे । पीडित महिलाले प्रहरी, नेकपाका महिला नेतृ र प्रहरीलाइ समेत आइतबार साँझ यौन दुर्व्यवहार भएकाे जानकारी दिएपछि घटना सार्वजनिक भएकाे हाे ।

यसबारे छलफल गर्न मंगलबार विहान बसेको नेकपा सचिवालयको बैठकले महराले दुबै पदबाट राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनुर्पे निर्णय लिएकाे थियाे ।

दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सभामुख महरा नेकपाका प्रभावशाली नेता र आदर्शवान नेताका रूपमा परिचित रहेपनि पछिल्लाे घटनाले भने नेकपा कार्यकर्ता पनि आश्चर्यमा परेका छन् ।

Facebook Comments