बुढीगण्डकी आयोजना नबन्ने खतरा छः डा.भट्टराई,

गोरखा पत्रकार मञ्चले काठमाण्डाैंमा वडादशैं, दिपावली र छठ पर्वका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेकाे छ ।

मञ्चले नेपालीहरूकाे महान् चाड बडा दशैंकाे अवसरमा कार्यक्रम गरेकाे हाे ।

कार्यक्रममा सहभागी भएका गाेरखा का नेताहरुले बुढीगण्डकी जलविद्युत आयोजना तथा अन्य विकास निर्माणमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गरे ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं सांसद डा. बाबुराम भट्टराई, नेकपा केन्द्रीय सदस्य एवं सांसद हरिराज अधिकारी, सांसद चुणामणि खड्का लगायतका नेताहरूले बुढीगण्डकी आयोजनामा ढिलाइ हुँदा गोरखाको विकास पछि परेको धारणा व्यक्त गर्नुभयाे ।

नेता भट्टराईले बुढीगण्डकी आयोजना नै नबन्ने खतरा रहेकाे भन्दै नेपालले नै उक्त आयोजना अगाडि बढाउनुपर्ने बताउनुभयाे ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाको पूर्ण सहयोग हुँदाहुँदै पनि आयोजना अघि बढ्न नसक्नु दुर्भाग्यपूर्ण रहेकाे उहाँकाे भनाइ छ ।

प्रतिनिधिसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य हरिराज अधिकारीले पनि बुढीगण्डकी आयोजना अलपत्र हुँदा जिल्लाको विकास पछि परेको बताउनुभयाे । ‘आरुघाट र खहरेको मुआब्जा तोक्न हामी जति लागे पनि सकेनौं’ अधिकारीले भन्नुभयाे ‘यति ठूलो आयोजना अलपत्र छ, बुढीगण्डकी बनेदेखि जिल्लाको विकास धेरै माथि उठ्ने थियो ।’

गोरखाको उत्तरी क्षेत्रबाट चिनियाँ नाकासम्म सडक पुर्‍याउन सकेमा देशकै मध्य भागको सबैभन्दा सुरक्षित नाका हुने सांसद अधिकारीले बताउनुभयाे । प्रतिनिधिसभा सदस्य चुडामणि खड्काले गोरखाको विकास निर्माणका विषयमा गोरखा जिल्ला घर भएका पत्रकारले विशेष ध्यान दिनुपर्नेमा जाेड दिनुभयाे ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कमला पन्त, नेकपाका युवा नेता लेखनाथ न्याैपाने लगायतले कार्यक्रममा सम्बाेधन गर्नुभएकाे थियाे । पन्तले जिल्लामा द्वन्द्वका घाउहरु बाँकी नै रहेको भन्दै त्यसको समाधानका लागि पहल गर्नुपर्ने बताउनुभयाे ।

नेताहरूले गोरखकाली रवर उद्योग अब नयाँ ढंगले सञ्चालन गर्नुपर्ने र गोरखा जिल्लामा अर्को औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने बताएका थिए । जिल्ला विकासको मुुख्य आधार धार्मिक साँस्कृतिक पर्यटनलाइ समेत अगाडि बढाउनुपर्ने नेताहरूकाे भनाइ छ ।

गोरखा घर भई काठमाडौंका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको संस्था गोरखा पत्रकार मञ्चले गरेकाे कार्यक्रममा पत्रकारहरु खिलबहादुर भण्डारी, रामजी दाहाल, सुशील अर्याल लगायतले सम्बाेधन गर्दै शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।

Facebook Comments