महरा विरूद्ध लागेकाे अभियाेगबारे अदालतमा बयान शुरू

 निवर्तमान सभामुख कृष्णबहादुर महरा विरूद्ध लागेकाे बलात्कार प्रयास सम्बन्धि अभियाेगबारे काठमाण्डाै जिल्ला अदालतमा बयान सुरु भएको छ ।

शुक्रबार काठमाडौँको बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतमा निवर्तमान सभामुख महराको बयान सुरु भएको हो ।

महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो ।

ती महिलाले शुरूमा बलात्कार भएकाे बताएपनि पछि भने बलात्कारकाे प्रयास भएकाे बताउँने गरेकी छन् ।

पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाडौँले बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

अहिले जिल्ला अदालत काठमाडौँमा महरालाई उपस्थित गराएर न्यायाधीश सुर्दशनराज पाण्डेको एकल इजलासमा बयान सुरु भएको छ ।

बयान सकिएपछि थुनछेक बहस शुरु हुनेछ ।

अदालतले थुनछेक बहस सकिएपछि महरालाई छाड्ने या पूर्पक्षका लागि कारागार चलान गर्ने भन्ने टुंगाे लगाउनेछ ।

Facebook Comments