चितवनका तीन वटै वडामा कांग्रेस उम्मेदवार विजयी
चितवन जिल्लाकाे ३ वटा वडामा भएकाे उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
भरतपुर महानगरपालिका वडा नं. १६, खैरहनी वडा नं. ४ र ५ मा प्रतिद्वन्द्वी नेकपालाई हराउँदै कांग्रेसले बाजी मारेको हो।
भरतपुर १६ मा काँग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी हुनुभएकाे हाे । उहाँले नेकपाका भक्तराज हमाललाई पराजित गर्नुभयाे ।
अमृतराजले ३१८३ मत प्राप्त गर्दा भक्तराजले २८७५ मत हाँसिल भयाे । यसअघि सो वडामा तत्कालिन नेकपा एमालेका उम्मेद्वार विजयी हुनुभएकाे थियाे ।
खैरहनि वडा ४ मा २१६० मत खसेकोमा नेपाली कांग्रेसका देवबहादुर बस्नेतले ११३८ मत ल्याउनुभयाे भने नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार वेदबहादुर अधिकारीले ९८६ मत ल्याउनुभएकाे थियाे ।
खैरहनी वडा ५ मा १६७० खसेको मतमा नेपाली कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले ८४२ मत ल्याउनुभयाे भने नेकपाका तर्फबाट कूल नारायण प्रधानले ७५६ मत ल्याउनुभएकाे थियाे ।

