साग उद्घाटन आज: महिला भलिबलकाे फाइनलमा
नेपाल पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग) काे औपचारिक उद्घाटन आज हुँदैछ ।
काठमाण्डाैकाे दशरथ रंगशालामा सागकाे उद्घाटन हुन लागेकाे हाे ।
यसैवीच साग गेम अन्तर्गत नेपाल महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । अब स्वर्णका लागि भने भारतसँग नेपालकाे प्रतिस्पर्धा हुनेछ ।
याेसँगै १३ औं सागमा नेपालको पहिलो पदक पक्का भएको छ ।
शनिबार भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३-० ले हराएको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले २५-१४ ले जित्यो ।
दोस्रो सेटमा २५-१७ ले जितेको नेपालले तेस्रो सेटको सुरुवातमा पछाडि परेको थियो । तर उत्कृष्ट पुनरागमन गरेको नेपालले २५-२१ मा तेस्रो सेट जित्यो ।
समूह चरणमा भारतसँग नेपाल ३-० को सेटमा पराजित भएको थियो ।
सागको महिला भलिबलमा नेपालले १९९९, २००६ र २०१६ मा गरी तीन पटक काश्य पदक जितेको थियो ।
सागका विभिन्न विधाका खेलहरू पाेखरा, काठमाण्डाै र जनकपुरमा हुनेछन् ।

