कास्की २ मा मतगणना जारी

कास्कीमा शनिबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनकाे मतगणना जारी छ ।

जारी मतगणनामा नेकपाकाे उम्मेदवार विद्या भट्टराइकाे मत अगाडि रहेकाे छ ।

मुख्य प्रतिस्पर्धा नेकपा र काँग्रेसवीच देखिएकाे छ ।

पाेखराकाे वडा नं. ३३ काे मतगणना सकिएकाे छ । नेकपाकाे मत बढी रहेकाे ठानिएकाे साे वडामा नेकपाले ३२७६, नेपाली कांग्रेसले २११५, समाजवादी पार्टीमा ९५, साझा पार्टीमा ३२, राप्रपा नेपालमा ४७ भाेट खसेकाे छ भने ५१ मत बदर भएकाे छ । राप्रपाले ६ मत प्राप्त गर्दा करूवामा ७, शंखमा ४ मत परेकाे छ ।

स्थानीय तहमा मतपरिणाम घाेषणा भइसकेकाे छ । घाेषणा भएका स्थानीय तहका वडा अध्यक्ष पदमा मिश्रित परिणाम देखिएकाे छ । नेकपा र नेपाली काँग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

कास्कीकाे क्षेत्र नं. २ मा ६३.३९ प्रतिशत मतदान भएकाे जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ ।

सहिदचाेकमा रहेकाे जिल्ला समन्वय समितिकाे कार्यालयमा मतगणना जारी रहेकाे छ ।

मतगणनास्थलको सुरक्षाका लागि दुई वटा सिसी क्यामेरा जडान गरिएको छ भने बाहिरबाट तार जालीले घेरिएको छ ।

उम्मेदवारको प्रतिनिधि बसेकाहरुले गणनामा कुनै पनि बाधा अवरोध पुर्‍याउन नपाउन् र गैरकानूनी कार्य रोक्नका लागि तारबार लगाइएको बताइन्छ । दुई स्थानबाट गणना शुरु गर्ने कार्यालयले योजना बनाएको छ

दलको तर्फबाट उम्मेदवार बनेकाहरुका दुई जना र स्वतन्त्र उम्मेदवारका एक जना प्रतिनिधिमात्र गणनास्थलमा रहन पाउनेछन् । कास्कीमा उपनिर्वाचनमा विभिन्न १० राजनीतिक दल तथा स्वतन्त्र ११ गरी २१ उम्मेदवारले भाग लिएका छन् ।

Facebook Comments