सहमति नभए सडकबाटै हिन्दु राष्ट्र घोषणा गर्ने राप्रपा अध्यक्ष थापाको चेतावनी
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सहमतिमा हिन्दु राष्ट्र घोषणा गर्न आह्वान गर्नुभएको छ । सहमतिमा घोषणा नगरे सडकबाटै हिन्दु राष्ट्रको घोषणा हुने उहाँले दावी गर्नुभयो । राष्ट्रिय स्वाभिमान यात्राको तेस्रो दिन आज झापाको दमकबाट सुरु भएको यात्रा मोरङका विभिन्न स्थानमा कोणसभा गर्दै विराटनगरमा आमसभामा परिणत भएको थियो ।
आमसभालाई सम्बोधन गर्दै थापाले यस्तो उद्घोष गर्नुभएको हो । राप्रपाको यो यात्रा आज नै सुनसरी र सप्तरीका विभिन्न स्थानमा सभा गर्दै साँझ सिरहाको लाहान पुगेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
Facebook Comments

