पाेखरा १३ मा फाेहरमुक्त अभियान शुरू

पोखरा महानगरपालिका वडा नं १३ ले फोहोर मुक्त (जीरो वेस्ट) अभियान सुरु गरेको छ । अभियान अन्तर्गत फोहोरलाई मोहोरमा बदल्न प्रयास गरिनेछ ।

शुक्रबार बाल कल्याण माबिमा आयोजना गरिएको एक कार्यक्रमका बिच डस्टबिन बिद्यालयका प्रध्यानाध्यापकलाई हस्तान्तरण गरी अभियानकाे शुरूवात गरिएकाे हाे ।

सो अवसरमा पाेखरा महानगरपालिका वडा नं. १३ का अध्यक्ष दर्शन लामाले पहिलो चरणमा दुई टोलमा फाेहाेर मुक्त अभियान चलाइनेछ ।

उहाँका अनुसार आगामी भदौमा फोहोर मुक्त टोल घोषणा गर्ने लक्ष्य सहित अभियान सुरु गरेको जानकारी दिनुभयाे ।

वडालाई नै जेरो वेस्ट(फाेहर रहित वडा)को रुपमा बिकसित गर्ने लक्ष्य सहित अभियान सुरु गरिएको उहाँकाे भनाइ छ ।

अभियानका लागि ६ लाख ५६ हजार बजेट व्यवस्था गरिएकाे छ । वडामा रहेका ४७ टोलमा नै अभियान चलाइनेछ । लामाले वडा तथा टाेलबासीकै सहयाेगमा यो अभियान सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयाे ।

अभियान अन्तर्गत फाेहाेरलाइ वर्गीकरण गरी कुहिने नकुहिने छुट्याइने छ ।

Facebook Comments