अमेरिकाद्वारा डाइभर्सिटी भिसा (डीभी) को लागि आवेदन खुल्ला

सन् २०२१ को लागि संयुक्त राज्य अमेरिकाले २०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म  आनलाइनमार्फत आवेदन खोलेको छ । 

डिभि खुल्ने या बन्द हुने चर्चाका वीच सन् २०२१ को लागि डाइभर्सिटी भिसा (डीभी) को लागि आवेदन खुल्ला भएको छ ।

अमेरिकाको आप्रवासी ऐन (इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को व्यवस्था अनुसार डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा उल्लेख छ ।

डिभी भरेवापत कुनै शुल्क लाग्ने छैन। अमेरिकामा कम आप्रवासी भएका मुलुकका नागरिकलाई अमेरिकाले चिठ्ठामार्फत भिसा उपलब्ध गराउँने प्रावधान अन्तर्गत डिभी खुलाउँने गरेकाे छ। 

यसपटक डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ। नम्बरका साथै पासपाेर्ट जारी भएकाे देश र म्याद समेत उल्लेख गर्नु पर्नेछ। 

Facebook Comments