प्रधानन्यायाधीश जबराद्वारा सपथ तथा पदभार ग्रहण

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतमा पुगेर पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेपछि पदभार सम्हाल्न पुग्नुभएका जबरालाई सर्वोच्च परिसरमा मुख्यरजिष्ट्रार राजन भट्टराईले स्वागत गर्नुभएको थियो ।

प्रधानन्यायाधीशलाई सर्वोच्चका बरिष्ठतम् न्यायाधीशले स्वागत गर्ने चलन भएपनि बरिष्ठतम् न्यायधीश दीपकराज जोशी अनुपस्थित रहनुभएको बुझिएको छ । जबराको नाम संसदीय सुनुवाई विशेष समितिले मंगलबार सर्वसम्मत अनुमोदन गरेको थियो ।

यसअघि न्यायाधीश जोशीलाई संसदीयसुनुवाई विशेष समितिले प्रधानन्याधीशमा अस्वीकृत गरेको थियो । बुधबार जोशीलाई सर्वोच्चमा कुनै इजलास पनि तोकिएको छैन ।

प्रधानन्यायाधीश जबराद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा जबरालाई सपथ ग्रहण गराउनुभएको हो । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments