नेविसंघद्वारा पोखरामा सरकारी गाडीमाथि आगजनी

पोखरामा काँग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले सरकारी गाडी जलाएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीले चलाउँदै आएको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यान जलाईएको हो ।

सो गाडी पोखरा महानगरपालिकाको स्वामित्वमा रहेको भएपनि शिक्षा शाखाले प्रयोग गर्दै आएको थियो । घरेलु कार्यालय अगाडी गाडी जलाईएको हो । नेपाल विद्यार्थी संघले केहीदिन यता सरकार विरुद्ध आन्दोलन गर्दै आएको छ ।

कार्यक्रम अन्तर्गत नेविसंघले आज सरकारी गाडी चल्न नदिने जनाएको छ । नेपाल विद्यार्थी संघका कार्यकर्ताले गाडी जलाएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । गाडी जलाउनेको खोजी कार्य भइरहेको कास्की प्रहरीले जनाएको छ ।

Facebook Comments