सरकारी नम्बर प्लेटका मोटरसाइकल विदाका दिन पिकनिकमा(फोटो सहित)
पोखराका सरकारी कार्यालयका मोटरसाइकलहरु पिकनिक जानका लागि प्रयोग भएको पाइएको छ । पोखरा महानगरपालिका वडा नं. ३ का अध्यक्ष रबिन्सन प्रजुले काहुँडाँडामा शनिबार पिकनिकमा लागि ५० भन्दा बढी सरकारी नम्बर प्लेटका सरकारी बाइक पुगेको भन्दै सामाजिक सञ्जालमा तस्विर पोष्ट गर्नुभएको छ ।


उहाँल लेख्नुभएको छ, ‘गत शनिबार काहुँडाँडामा ५० भन्दा बढी यस्तो बाइक चलाउनेहरु पिकनिकमा मस्त थिए, खै के भनौं सबैको आफ्नै आफना अस्था छ ।’
बेला बेलामा राजनीतिक दलका भातृ संगठनले विदाका दिन चलाउने सरकारी सवारी साधनको चावी खोस्ने आगजनी गर्ने गर्दै आएका छन् । शनिबार मात्रै पनि नेविसंघले काठमाण्डौमा सरकारी सवारी साधनको चावी खोसेको थियो ।

पोखरामा भने सवारी साधनमा आगजनी गरिएको थियो । सामाजिक सञ्जालमा सरकारी सवारी साधनमा आगजनी गरेको घटनाप्रति चर्को आलोचना भएको छ ।

Facebook Comments

