प्रेस युनियन कास्कीमा पदस्थापना
नेपाल प्रेस युनियन कास्कीको नवौं अधिवेशनबाट निर्वाचित नयाँ कार्य समिति, केन्द्रीय पार्षद र प्रदेश पार्षदको शनिवार पदस्थापना गरिएको छ । निर्वाचन समितिले पोखरामा शनिवार आयोजना गरेको कार्यक्रममा नेता शुक्रराज शर्मा, कास्की काँग्रेसका सभापति कृष्ण केसी, पूर्वमन्त्री यज्ञबहादुर थापा, नेपाल ट्रेड युनियन काँग्रेसका पूर्व बरिष्ठ उपाध्यक्ष रामजी कुँवर, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल र निर्वाचन समितिका संयोजक अधिवत्ता विष्णुप्रसाद शर्माको उपस्थितिमा पदस्थापना गरिउको हो ।
गत आइतबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा नवीन सिग्देल, उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, महिला उपाध्यक्ष रविना आले, सचिवमा प्रदिप पौडेल, कोषाध्यक्षमा विजय लम्साल, सहसचिवमा ज्योती हमाल लगायत निर्वाचित भएका थिए ।
त्यस्तै, सदस्यहरुमा कमल पौडेल, सन्तोष बस्याल, ठगराज शर्मा (विराज), सन्तोष सुवेदी, हरि पन्त, धनबहादुर गुरुङ (सुमन), मधु अधिकारी, सम्राट गुरुङ, सुवाष पौडेल, अनिषा श्रेष्ठ (जयन्ती), सुवाष आचार्य, महेन्द्र ढुङ्गाना, सपना अधिकारी, भावना श्रेष्ठ, विजय नेपाली रहेका छन् ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले लोकतन्त्रमा सवै समेटिन सक्ने भन्दै लोकतन्त्रको पक्षमा कलम चलाउन आग्रह गर्नुभयो । कास्की काँग्रेसका सभापति कृष्ण केसीले पत्रकारहरुसँग सहकार्य गर्न तयार रहेको बताउँदै निर्धक्क भएर अघि बढ्न आग्रह गर्नुभयो । पूर्वमन्त्री यज्ञबहादुर थापाले लोकतन्त्रवादीको पहिचान उसको असल कर्म हुनु पर्नेमा जोड दिनुभयो ।
नेपाल प्रेस युनियन कास्कीका नवनिर्वाचित अध्यक्ष नवीन सिग्देलले संस्थामा कसैमाथि अन्याय हुन नदिने बताउँदै संस्थागत विकासमा जुट्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । निर्वाचन समितिका संयोजक विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य कृष्णकुमारी गुरुङले स्वागत र सदस्य टंक अधिकारीको पदस्थापना कार्यक्रम सम्पन्न भएको हो ।

