मुलुक संघीयताबाट पछि हट्न सक्दैन : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसको भावना अनुसार संविधान संशोधनका लागि काँग्रेस तयार रहेको बताउनुभएको छ । जनकुपरमा आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले मधेसको भावना समेटेर हुने संविधान संशोधनमा सहयोग गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभएको हो ।
जनकपुरधाममा शनिबारदेखि शुरु भएको जनकपुर कला साहित्य र अन्तरराष्ट्रिय महोत्सवलाई सम्बोधन गर्ने क्रममा देउवाले यस्तो बताउनुभएको हो । आफू प्रधनमन्त्री भएको बेला संविधान संशोधनको प्रयास गरेपनि त्यतिबेला सफल नभएको देउवाले उल्लेख गर्नुभयो । देउवाले अब संघीयताबाट मुलुक पछि हट्न नसक्ने समेत स्पष्ट पार्नुभयो । उहाँले संघीयतालाई कसैले चाहेर पनि खोस्न सक्ने अवस्था नरहेको र संघीयता नेपालको आवश्यत्ता र वास्तविकता बनिसकेको उल्लेख गर्नुभयो । सरकारले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने विधेयक ल्याएको भन्दै सभापति देउवाले असन्तुष्टी जनाउनुभएको छ ।
देउवाले अब संघीयताबाट मुलुक पछि हट्न नसक्ने समेत स्पष्ट पार्नुभयो । उहाँले संघीयतालाई कसैले चाहेर पनि खोस्न सक्ने अवस्था नरहेको र संघीयता नेपालको आवश्यत्ता र वास्तविकता बनिसकेको उल्लेख गर्नुभयो । सरकारले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने विधेयक ल्याएको भन्दै सभापति देउवाले असन्तुष्टी जनाउनुभएको छ ।

