विकास निर्माणमा लापरवाही गर्नेलाई कार्वाही गर्न सांसदको माग
सरकारी निकाय र निर्माण व्यवसायीले सडक निर्माणमा ध्यान दिन नसक्दा दैनिकजसो दुर्घटना बढिरहेको भन्दै प्रतिनिधिसभाका सदस्यले सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा सांसदले गएराति दार्चुलामा भएको जीप दुर्घटनामा परी ११ जनाको मृत्यु भएको र एक गम्भीर घाइतेको उपचार भइरहेको सदनलाई जानकारी गराउँदै सडक निर्माणमा लापरबाही गर्ने निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।
सांसद गणेशसिंह ठगुन्ना र सांसद दीलेन्द्रप्रसाद बडूले निर्माण व्यवसायीको लापरबाहीका कारण स्थानीय नागरिकले कस्टकर रुपमा यात्रा गर्न बाध्य भएको बताउनुभयो । सांसदद्वयले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन, घाइतेको उपचारको प्रबन्ध गर्न र सडक निर्माणमा लापरबाही गर्ने निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।
Facebook Comments

