‘जानी नजानी’ चैतबाट प्रदर्शनमा आउने

नेपाली फिल्म ‘जानी नजानी’ यूनिट प्रचारको क्रममा पोखरा आईपुगेको छ । पोखरामा पत्रकार सम्मेलन गर्दै ‘रोमान्टिक–कमेडी’ जनराको यो फिल्मको यूनिटले दर्शकलाई फिल्म हेरिदिन आग्रह गरेको छ ।

‘फिल्म हेर्दा दर्शकले भरपुर मनोरञ्जनसहित केहि सन्देश पनि प्राप्त गर्नुहुनेछ । र, केहि फरक अनुभूती पनि दर्शकले गर्न सक्नुहुनेछ ।’ पत्रकार सम्मेलनमा फिल्मका अभिनेता मनिष श्रेष्ठले भन्नुभयो । यो फिल्म नेपाली स्वादको भएको पनि फिल्म युनिटले दावी गरेको छ ।

विशेषगरि युवापुस्तालाई अरुको देखासिकि गर्नुभन्दा पनि आफ्नै शैलीको केहि नयाँ काम गर्न फिल्मले सिकाउने श्रेष्ठले बताउनुभयो । घाटामा गएको पुख्र्यौली ढाका उद्योगलाई एउटा युवा जोश र जाँगरले कसरी पुर्नस्थापित गराउन सक्छ ? भन्ने मुल कथा यो फिल्मले पस्केको छ । त्यसो त यो फिल्मले पारिवारीक सम्बन्ध र प्रेम सम्बन्धको कुरालाई पनि प्रस्ट्याउन खोजेको छ । फिल्मको ट्रेलरलाई पनि दर्शकले निकै राम्रो प्रतिक्रिया दिईरहेका छन् ।

त्यस्तै अभिनेत्री निरिषा बस्नेतले फिल्मको ‘कन्टेन्ट’ मन परेरै आफूले ‘जानी नजानी’बाट नेपाली फिल्ममा डेब्यू गरेको जानकारी दिनुभयो । फिल्म ‘जानी नजानी’ चैत १ गतेदेखि देशव्यापी प्रदर्शन हुँदैछ । फिल्मलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । सागरकाजी माली र मोदनाथ खनालले निर्माण गरेको फिल्मलाई सञ्जय लामाले खिचेका हुन् । फिल्म रोशनी इन्टरटेनमेन्ट्सको ब्यानरमा बनेको हो ।

Facebook Comments