नेपाल पुलिसलाई राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधि
विभागिय टोली नेपाल पुलिस क्लवले राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधि जितेको छ । पोखराको लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजना भएको उक्त प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा पुलिसले हङ वाङगी यू—डाईमण्ड एकेडेमि काठमाण्डौंलाई सोझो तीन सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
कोपिला उप्रेतिको कप्तानिमा मैदानमा उर्तिएको पुलिसले ललिता नाथको कप्तानिमा मैदानमा उर्तिएको न्यू—डाइमण्डलाई २५—१६, २५—१४ र २५—२० को सेटमा पराजित गरेको हो ।
यसपालि अन्तिम समयमा आएर डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी वलको एपिएफ नआउदा नेपाल पुलिसले लामाचौर महोत्सवको अवसरमा आयोजित उक्त प्रतियोगितामा यसपाली सहित दुई पटक उपाधि जित्न सफल भएको छ । प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो ।
न्यू—डायमण्डका प्रशिक्षक कुमार राईले ब्लकिङ, डिफेन्स सहित कमजोरीका कारण आफुहरु पवराजित भएको बताए । सिपोरा गुरुङले आफुहरुले सोचे अनुसार फाइनल खेलमा खेल्न नसकेको उनले जनाए । आफ्नो टिमका दुई खेलाडी प्रतिभा मालि र रस्मिता दुराको अभाव खड्किएको उनले जनाए ।
सिपोरालाई अनुरोध गरेका कारण टिममा समावेस गरिएको जनाए । सिपोराले भने अघिल्लो खेलको तुलनामा फाइनल खेल सोचे अनुसार खेल्न नसकेको जनाइन्। उनले आफु ओपन स्पेसमा खेल्ने गरेको तर न्यू डाइमण्डबाट अलराण्ड खेल्दा केही समस्या भएको जनाइन् ।
उनी करिब ३ बर्षमा कम व्याक भएकी हुन्। पुलिसका प्रमुख प्रशिक्षक रुपेश विष्टले आफुहरुसंग अनुभवी तथा राष्ट्रिय बिच भलिवल खेल्ने ३ जना खेलाडीहरु भएको हुनाले पनि जित सहज भएको बताए । कप्तान कोपिला उप्रेति, पुष्पा चौधरी र मनिसा चौधरी बिच भलिवलका खेलाडी हुन्।
नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा इन्द्रराज्य लक्ष्मि माविको परिसरमा सोमबार तेश्रो स्थानको लागि भएको प्रतिष्प्रर्धामा घरेलु टिम गण्डकी प्रदेश तेश्रो भएको छ ।
गण्डकी प्रदेशले श्रीराम खेलकुद विकास समिति दाङलाई २५—१३, २५—२० र २५—१८ को सेटमा पराजित गरेको हो । प्रतियोगितामा विजेता टोलीलाई एक लाख १ सय ५५, उपविजेतालाई ६५ हजार ५ रुपैया र तेश्रो हुनेलाई २५ हजार ५ रुपैया साथमा शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीमा नेपाल पुलिसकी मनिसा चौधरी घोषित भईन। त्यसै गरी प्रतियोगितामा पुलिसकी शुसिला थापा उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रोमा गण्डकी प्रदेशकी रश्मिता दुरा, उत्कृष्ट स्पाइकरमा पुलिसकी कोपिला उप्रेति, उत्कृष्ट सर्भरमा न्यू डाइमण्डकी झर्ना श्रेष्ठ, उत्कृष्ट क्विकरमा गण्डकी प्रदेशकी पवित्रा सेन्चुरी, उत्कृष्ट ब्लकरमा पुलिसकी पुष्पा चौधरी घोषित भइन्। प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।
विजयी खेलाडीहरुको टोलीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, नेपाल भलिवल संघका उपाध्यक्ष यम बहादुर गुरुङ, समाजका मानार्थ सदस्य बाबुराम आचार्य, इन्द्र राज्य लक्ष्मि माविका अध्यक्ष पुष्पेन्द्र पाण्डे, बानिया किराना स्टोर्सका संचालक तुल बहादुर बानिया, समाजका पुर्व अध्यक्षहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले खेल क्षेत्रको विकास र समृद्धिको लागि समाजले विभिन्न खेलकुद प्रतियोगिता गर्दै आएको बताउनुभयो । महिलाले आफ्नो स्वतन्त्र दिवसको रुमपा मनाउदै आएको तिज पर्व समाजमा लैगिक हिंसा, शोसण उत्पिडन, आफ्नो न्यायिक वुलन्द पार्ने पर्वको रुपमा स्थापित गर्न सफल भएको बताउनुभयो ।
पोखरामा अन्तराष्ट्रिय स्तरको सुइमिङपुल सहितका धेरै खेलकुदका भौतिक संरचना निर्माण हुने बताउनुभयो । सागमा ७ खेल पोखरामा हुने भएकोले समाजले हालै निर्माण गर्दै गरेको गोष्तेघाट फुटवल मैदानमा थप रकम आवश्यक भए सहयोग गर्ने उल्लेख गर्नुभयो ।
सोमबार ऋतु तामाङ, दिपक खड्का र सुनिता दुलालको बिषेश प्रस्तुती रहेको सांस्कृतिक संयोजक दील बहादुर थापाले जानकारी दिनुभयो ।
दि यूनाइटेड गोल्ड मार्ट तिज गित प्रतियोगिताको उपाधि विन्ध्यवासिनी आमा समुह प्रथम भएको छ । १२ प्रतियोगितहरुलाई पछि पार्दै विन्ध्यवासिनीले उपाधि सहित २५ हजार नगद पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा आर्वा दिदी बहिनी समुह दोश्रो, माछापुच्छ«े सेवा समुह तेश्रो र शिवालय तमु आमा समाज शान्त्वना भएको छ । प्रतियोगितामा दोश्रो हुनेले १५ हजार, तेश्रो हुनेले १० हजार र शान्त्वना हुनेले ५ हजार पुरस्कार प्रदान गरिएको महोत्सवका प्रचार संयोजक बुद्धि बहादुर खत्री क्षेत्रीले जानकारी दिनुभयो ।
डिस मिडिया प्रा.लि. प्रमुख प्रायोजकको रुपमा रहेको महोत्सवमा प्रायोजकका रुपमा पोखरा मिक्स्चर सेवा समिति लामाचौर, सह प्रायोजकका रुपमा हङ्गकङ्गमा रहनुहुने कुब्जे दिदी बहिनी समुह हङ्गकङ्गको सहकार्य रहेकोे छ ।
समाजका अध्यक्ष कमल बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको समापन सत्रमा गण्डकी प्रदेशका सांसदहरु कृष्ण थापा, कुमार खड्का र पुष्पा केसी भण्डारी, पुर्व सांसद शारदा पौडेल, कागेंस नेता देवराज चालिसे, पोखरा महानगरपालिका १९ का वडा अध्यक्ष शोभामोहन पौडेल, प्रथम उपाध्यक्ष रेस्मा शेरचन अधिकारी लगायतले वोलेका थिए ।
उक्त महोत्सवमा करिब एक लाख दर्शक सहभागि भएको पुर्व अध्यक्ष संजयकुमार अधिकारीले बताए ।

