हिन्दु राष्ट्रको माग गर्दै राप्रपा कास्कीद्वारा हस्ताक्षर संकलन

राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिवारदेखि हिन्दु राष्ट्र घोषणाको माग गर्दै देशभरीका ७७ वटै जिल्लाबाट हस्ताक्षर अभियान शुरु गरेको छ । राप्रपाको केन्द्रीय विरोधका कार्यक्रम अन्तर्गत राप्रपा कास्कीको हस्ताक्षर संकलन अभियान अन्तर्गत पोखराो पृथ्वीचोकबाट हस्ताक्षर संकलन अभियान शुरु गरी मंगलबार सृजनाचोकमा हस्ताक्षर संकलन अभियान संचालन गरेको थियो ।

२३ गतेसम्म विभिन्न चोकचोकमा हस्ताक्षर अभियान राखिने राप्रपा कास्कीले जनाएको छ । हस्ताक्षर अभियानमा राप्रपाका जिल्ला स्थित नेताहरु लगायत राष्ट्रवादी महानुभावहरुको समेत उपस्थिति रहेको राप्रपा प्रचार विभाग केन्द्रीय सदस्य सूर्य बास्तोलाले जानकारी दिनुभयो ।

जनसमुदायको हस्ताक्षर संकलन कार्यक्रममा व्यापक सहभागिता भएको राप्रपा कास्कीले जनाएको छ । हस्ताक्षर संकलन कार्यक्रम अन्तर्गत बुधबार महेन्द्रपुलमा कार्यक्रम हुने जिल्ला सचिव हरिप्रसाद बरालले जानकारी दिनुभयो । यसअघि पोखराको मंगलबार पृथ्वीचोकमा हस्ताक्षर संकलन गरिएको थियो ।

Facebook Comments