अनेरास्ववियु कास्कीकाे टाेली बारा र पर्सामा, क्षति पुगेका संरचना निर्माणा गर्ने
बारा र पर्सामा विनासकारी हावाहुरीबाट क्षति पुगेका संरचना निर्माणमा अनेरास्ववियु कास्कीले अभियान शुरु गरेको छ । सो अभियान अन्तर्गत अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतम को नेतृत्वमा १५ जना विद्यार्थीको टोली आज प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ ।
टोलीले बारा र पर्सामा विद्यालय र घरहरु पुर्नर्निमाण गर्ने जनाएको छ । टोलिमा जनप्रिय, भानुभक्त र शहीद कृष्ण क्यामप्सका विद्यार्थी सहभागी रहेका छन् । टोलीलाई गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङले पुर्ननिर्माणका लागि आवश्यक गैँची, बेल्चा तथा औजार दिएर बिदाइ गर्नुभयाे ।

सांसद गुरुङले दुःखको यस घडिमा नेकपाले आवाहन गरेको बिपत्ति ब्यबस्थापनमा अनेरास्ववियु कास्कीले अग्रसरता देखाएकोमा अाभार प्रकट गर्नुभयाे । उहाँले बिपद पहिल्यै जानकारी गराएर नआउने हुदा सबै सुरक्षित रहन आग्रह गर्नुभयाे । अध्यक्ष गौतमले टिम १० दिन प्रभावित स्थलमा रहेर जनताको काम गर्ने बताउनुभयाे ।

गौतमका अनुसार नाकाबन्दीको बेला पनि पहिलो पटक बारामा मितेरी अभियान सन्चालन गरेर भाइचारा कायम गरिएको थियाे । अहिले पनि विपत्तिमा सहयाेग गर्ने उद्देश्य सहित अभियान सञ्चालन गर्न लागिएकाे हाे ।

