पोखरामा वातावरण मैत्री शवदाह गृह निर्माण, असार भरि निशुल्क

पोखरा महानगरपालिकाको वडानं ९ शान्तिघाटमा वातावरण मैत्री शवदाह गृह मेशीन निर्माण भएको छ ।
एभरेष्ट बैकले सामाजिक उत्तरदायित्व अन्र्तगत ६० लाखको लागतमा निर्माण गरेको शवदाह गृह मेशीन पोखरा महानगरपालिकालाई विहिबार हस्तान्तरण गरेको हो ।


कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक उत्तरदायित्व अन्र्तगत एभरेष्ट बैकले बातावरण संरक्षणको क्षेत्रमा राम्रो कामको शुरुवात गरेको बताउनु भयो । मुख्यमन्त्री गुरुङले जातीय र धार्मिक अहंकारबादले समाजमा नराम्रो प्रभाव पार्ने भन्दै राष्ट्रिय सदभाव कायम राख्नु मुख्य कुरा भएको बताउनु भयो । पोखरा महानगरका मेयर मानबहादुर जिसीले शवदाह गृह ब्यबस्थीत रुपमा महानगरले सञ्चालन गर्ने भन्दै यस महिना भरी दिंवगत भएकाहरुको शवदाह गृहमा दाहसंस्कार महानगरले निशुल्क रुपमा गराउने बताउनु भयो । वातावरण र सस्ंकार मैत्री शवदाह गृह भएको भन्दै मेयर जिसीले अन्य घाटमा पनि निर्माण गर्ने बताउनु भयो ।

एभरेष्ट बैकका पुष्पराज उप्रेतीले यस शवदाह गृह निर्माणबाट बन विनास लाई रोक्ने बताउनु भयो , थोरै दाउराले पुग्ने भन्दै १ घण्टा २० मिनेटमा दाहसंस्कार सकिने बताउनु भयो । उहाँले प्रदुषण नियन्त्रणमा पनि सहयोग पुग्ने बताउनु भयो । काठमाठौको पशुपतिमा जस्तो इलेक्ट्रीक शवदाह गृह नभएको उप्रेतीले बताउनु भयो । कार्यक्रममा एभरेष्ट बैकका सीएसआर समितिका अध्यक्ष डाक्टर बालगोपाल बैद्य ,बैकका नायब महाप्रन्धक राजीव जैन लगायतले बोल्नु भएको कार्यक्रम शान्तिघाट विकास समितिका अध्यक्ष भक्तराज श्रेष्ठको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठले गर्नुभएको थियो ।
शवदाह गृह मेशीनमा तातो बहाली प्रणाली र रिफ्लेक्टर रहेको छ जस्ले नष्टहुने तातोलाई सदुपयोग गर्नुको साथै दाहसंस्कारको समय अवधी पनि कम गर्ने बताइएको छ । यस प्रणालीमा चिसो स्क्रवरको माध्यामबाट धुवाँ बाहिर निस्किने भएकाले जोखिमपुर्ण बायू प्रदुषक र विषादी पदार्थहरु वायुमण्डलमा पुग्नी अघि हटाउछ र प्रदुषण नियन्त्रणमा सहयोग पुग्ने बताइएको छ ।

Facebook Comments