सांसद दीपक मनाङेको पार्टी प्रवेशप्रति नेकपाका नेता असन्तुष्ट

गण्डकी प्रदेशको मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेद्वारका रुपमा गण्डकी प्रदेशसभामा विजयी सांसद दीपक मनाङे (राजीव गुरुङ)को नेकपा प्रवेश प्रति सोही पार्टीका नेताहरुले आपत्ति जनाएका छन् ।

प्रनिनिधि सभा सदस्य एवं नेकपाका प्रभावशाली नेता योगेश भट्टराई, अर्का नेता सरल सहयात्री लगायतले सामाजिक सञ्जाल मार्फत् मनाङेको पार्टी प्रवेशप्रति असन्तुष्टी जनाउनुभएको हो ।

भट्टराइले पार्टीमा मान्छे त चाहिन्छ, तर कस्ता मान्छे ल्याउँदैछौं, त्यसले के कस्ता परिणाम ल्याउँछ राम्ररी सोचौं भन्नुभएको छ ।

त्यस्तै सरल सहयात्रीले आफ्नो फेसबुकमा खुशी म त्यतिबेला भएको थिएँ जतिबेला दिपक मनाङ्गे चुनाव जितेर पनि जेल गयो । आज त्यति नै दुखी छु । तर मनाङ्गे प्रति होइन । यस्तो खाले निर्णय गर्दा गौरव गर्ने आफ्नै नेता प्रति । मलाई नेकपा सदा प्यारो छ तर तिमि संग एकदमै घृणा … । यस्ता अपराधी र बलत्कारी जनमत जम्मा गरेर कम्युनिष्ट बनाउने तिमिहरुको दिमाग प्रति धिक्कार गर्छु । भनेर लेख्नुभएकाे छ ।

Facebook Comments