विमानस्थलको जोखिम हटाउनुपर्छः मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराइले भरतपुर विमानस्थलको विस्तार गरी जोखिम न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ ।

विमानस्थललाई सधैँ जोखिममा रहन दिनु उपयुक्त नुहने उहाँको भनाई छ ।

भरतपुर विमानस्थल विस्तार एवम् सुधार सम्बन्धमा बुधबार भरतपुरमा आयोजित सरोकारवाला बीचको अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो ।

उहाँले भरतपुर विमानस्थललाई बिशेष चासोका साथ हेरिएको उल्लेख गर्दै भरतपुर विमानस्थलमा रहेको जोखिमलाई हटाएर सुरक्षित बनाउनुपर्ने बताउनुभयो ।

उहाँले विमानस्थलको जोखिम हटाउन नसकेमा बन्द गर्नुपर्ने बताउनुभयो । उहाँले टर्मिनल भवन पनि अत्याधुनिक र व्यवसायीक बनाउनुपर्नेमा जोड दिनुभयो ।

राजधानीबाट नजिकै रहेको र चितवनमा समेत जनघनत्व दिन प्रतिदिन बढिरहेकाले पनि यस विमानस्थलको विस्तार गर्न आवश्यक छ मन्त्री भट्टराईले भन्नुभयो, विमानस्थल विस्तारमा नेपाली सेना बाधक नहुने विश्वास व्यक्त गर्नुभयो ।

केन्द्रीय राजधानी काठमाण्डौंमा साना जहाजलाई निशेष गरेर त्यसको विकल्पमा भरतपुर र रामेछापको मन्थली विमानस्थललाई विस्तार गर्ने योजना रहेको उहाँको भनाई छ ।

एक हप्ता भित्र विमानस्थल विस्तारका लागि विज्ञ सहितको सर्वपक्षीय समिति निर्माण गर्ने मन्त्री भट्टराईले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Facebook Comments