प्रदेश प्रमुखहरूमा नेकपाद्वारा सिफारिस

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ ।

कुन प्रदेशमा काे भन्ने नताेकिकनै नेपाल सरकारसमक्ष ७ जनाकाे नाम सिफारिस गरिएकाे नेकपाका महासिचव बिष्णु पाैडेलले जानकारी दिनुभयाे ।

सोमबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।

अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएकाे पाैडेलकाे भनाइ छ ।

कुन प्रदेशका लागि के गर्ने भन्ने विषयमा सरकारले नै निर्णय गर्ने बताइएकाे छ ।

यसअघि आइतबारको मन्त्रिपरिषद बैठकले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुख हटाउने निर्णय गरेको थियो।

Facebook Comments