गण्डकी प्रदेशको पोखरामा आइटी पार्क बनाईंदै

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले पोखरामा आइटी पार्क बन्ने बताउनुभएको छ । पोखरामा क्यान इन्फोटेक २०१९ को उद्घाटन गर्दै मन्त्री चुमानले यस्तो जानकारी दिनुभएको हो । चुमानले पोखराको बाग्लुङबसपार्क नजिकै जामुनबोटमा रहेको एक सय रोपनी क्षेत्रफललाई आइटी पार्क बनाउने बताउनुभयो ।

उहाँले अहिले २१ औं शताब्दी सूचना प्रविधिका युग भएकोले प्रविधिको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । सुचना प्रविधिसंग जोडिएर काम गर्दा सुशासनपनि कायम हुने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री चुमानलाई रोर्वटले पुष्पगुच्छा दिएर स्वागत गरेको थियो भने मन्त्री चुमानले मोबाइलबाट बटन थिचेर थिचेर बेलुन उडाएर कार्यक्रमको उदघाटन गर्नुभएको थियो ।

Facebook Comments