संविधान संशोधनमा सहमति हुन्छ : नेकपा अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता हुन नदिने शक्ति अहिले पनि क्रियाशील रहेको बताउनुभएको छ । संविधान नबनोस्, राजनीतिक स्थिरता नहोस् भन्ने तत्व क्रियाशील रहेको बताउनुभयो ।

संविधान संशोधनका विषयमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनतापार्टी (राजपा)सँग छलफल भइरहेको प्रचण्डको भनाई रहेको छ । संविधान संशोधन हुने क्रममा राजपासँग पनि सहमति हुने र उक्त पार्टीले सरकार नछाड्ने प्रचण्डले जिकीर गनुृभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका ‘प्रचण्ड’ले आफू नेतृत्वको माओवादीले सबै हतियार शिविर (क्यान्टोन्मेन्ट) मा राखिएकाले त्यसबाहिरका हतियारको जिम्मा आफूहरूले नलिने बताउनुभयो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका कार्यकर्ताबाट तत्कालीन माओवादीले नेपाली सेनाका ब्यारेकबाट लगेका हतियार बरामद् हुन थालेको विषयमा प्रचण्डले यस्तो टिप्पणी गर्नुभएको हो ।

प्रचण्डले विप्लव नेतृत्वका नेकपाको गतिविधिलाई सरकारले गम्भीर रुपमा लिने र त्यस विषयमा छलफल भइराखेको उल्लेख गर्नुभयो । राजनीतिक रूपमा सहमतिमा आउने हदसम्म सहमतिको प्रयास गरिने भन्दै प्रचण्डले अहिलेको राजनीतिक परिवर्तनको विरोध गर्नु अतिवाद बाहेक केही नहुने उल्लेख गर्नुभयो ।

Facebook Comments