सरकारले प्रेस स्वतन्त्रता माथि अंकुश लगाउन खोज्यो : सभापति देउवा
नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले ओली सरकारले प्रेस स्वतन्त्रता माथी अंकुश लगाउन खोजेको आरोप लगाउनुभएको छ । भक्तपुरमा आयोजित कार्यक्रममा सभापति देउवाले वर्तमान सरकारले प्रेस स्वतन्त्रता माथि अंकुश लगाउन खोजेको आरोप लगाउनुभएको हो ।
कार्यक्रममा सभापति देउवाले सरकारले सामाजिक सञ्जाल र अनलाईनलाई व्यस्थित गर्ने नाममा साइबर क्राईमको आरोप लगाएर प्रेस स्वतन्त्रता हनन् गर्न कुत्सित मनाशाय राखेको बताउनुभयो । प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप भए कांग्रेसले प्रतिवाद गर्ने उहाँको भनाई छ ।
Facebook Comments

