ग्यास अभाव हुँदैन : नेपाल आयल निगम
नेपाल आयाल निगमले खाना पकाउने ग्यासको अभावन नहुने भन्दै अनावश्यक भण्डारण नगर्न सर्वसाधरणलाई आग्रह गरेको छ । निगमले अनुसार मागअनुसार खाना पकाउने ग्यास आयात भइरहेकाले अनावश्यक भन्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ ।
पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता संघ लगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न नसकेको बेला निगमका तर्फबाट उक्त धारणा सार्वजनिक भएको हो ।
इन्डियन आयल रिफाइनरीमा खाना पकाउने ग्यास ‘लोडिङ’ भइरहेको र आयात पनि निरन्तररूपमा भइरहेको उल्लेख गर्दै निगमले बजारमा कुनैपनि अभाव नरहेको जनाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतकाअनुसार हालसम्म उद्योगीसँग ८ हजार मेट्रिकटन भारतबाट ग्यास ल्याउने कागजात (पीडीओ) रहेको छ । उक्त कागजातबाट ग्यास ल्याउने कार्य नियमित रहेको छ ।

