सिद्धबराहामा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ हुने
पोखरा २३ ठुलाखेत माझथुममा रहेको सिद्धबराहा मन्दिरमा धनधान्याचल श्रीमद्देवी भागवत नवाह ज्ञान महायज्ञ हुने भएको छ । १ सय ८ फिटको हनुमानको मुत्ति निमार्णका लागि सिद्धबराहा धनधान्याचल श्रीमद्देवी भागवत नवाह ज्ञान महायज्ञको आयोजना गर्न लागेको मुल आयोजक समितिकी अध्यक्ष सुर्यदेवी कुबँरले जानकारी दिनुभयो ।
बुधबार पोखरामा पत्रकार सम्मेलन गरी महायज्ञको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइएको हो । अध्यक्ष कुँवरले चैत २२ गते देखी बैशाख १ गते सम्म महायज्ञ सञ्चालन हुने जानकारी दिनुभयो ।
त्यस क्षेत्रमा बैदिक सनातन धर्म र संस्कृतिको संरक्षणक सम्बद्र्धन, गुरुकुल र गौशाला सञ्चालन, आन्तिरिक तथा बाह्य पर्यटक आकर्षण र धार्मिक जागरणका लागि महायज्ञ गर्न लागेको उहाँको भनाई थियो ।
महायज्ञका बेला श्रीमद्देवी भागवत पाठ पारायण, बेद पारायण, रुदाभिषेक, चण्डीपाठ, सामूहिक ब्रतवन्ध गर्न सकिने आयोजकले जनाएको छ । महायज्ञमा नारायण प्रसाद देवकोटाले भागत बाचन गर्ने छन् ।
हनुमानको मुत्ति बनाउन करिब ३ करोड खर्च लाग्ने सिद्ध बराह तपोवन सन्यास आश्रम समितिका उपाध्यक्ष हरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । नेपाली र विदेशी पर्यटकलाई मन्दिर सम्म जाने बनाउनका लागि मुत्ति स्थापना गर्न लागिएको बताईएको छ ।
सिद्ध बराहामा रामनवमीका अवसरमा श्रीमद्देवी भागवत नवाह ज्ञान महायज्ञ प्रत्येक वर्ष गर्ने आयोजकले जनाएको छ । महायज्ञ मुलआयोजक समितिकी सचिब चित्रादेवी सुबेदी भट्टराईले चैत २२ गते बलस सहित पोखराबाट शोभायात्रा गरेर यज्ञ शुरु गर्ने बताउनुभयो ।

