गण्डकी प्रदेशमा विकास प्राधिकरण गठनका लागि सैद्धान्तिक सहमति
गण्डकी प्रदेशको सरकारले प्रदेश विकास प्राधिकरण गठनका लागि सैद्धान्तिक सहमति दिएकाे छ । गत साउन १६ गते बसेकाे मन्त्री परिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
साउन १६ गते बसेको बैठकका निर्णय आइतबार सार्वजनीक गर्दै सरकारका प्रवत्ता रामशरण बस्नेतले प्रदेश विकास प्राधिकरण विधेक बनाउन मन्त्री परिषदले सैद्धान्तीक सहमती दिएको जानकारी दिनुभयाे ।
त्यस्तै गरी मन्त्री परिषद् बैठकले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ बैदेशीक भ्रमणलाई नेपाल सरकारसँग स्वीकृतको लागि सिफारिस गरेको छ ।
त्यसै गरि आर्थिक मामिला तथा योजना मन्त्रालयले शसर्त अनुदान सम्बन्धी कार्यविधि, समपुरक अनुदान सम्बन्धी कार्यविधि, र विशेष अनुदान सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ ।
यसमा समपुरक अनुदान कार्यक्रम २०७५ मा संसोधन भएका दफा ४ उपदफा ३ को सट्टा संसोधनका लागि प्रस्ताविध उपदफा ३ मा रहेका ७० प्रतिशत सम्म भन्ने शब्दको सट्टा ६० प्रतिशत सम्म भन्ने राखेर अनुमोदन गरिएको छ ।
पर्यटन मन्त्रालयले पेश गरेको केहि प्लास्टिक जन्य पदार्थ नियन्त्रण गर्न बनेको विधेयकको मस्यौदालाई सैद्धान्तीक स्वीकृत दिने निर्णय गरेको बस्नेतले जानकारी दिए ।
त्यस्तै भूमी ब्यवस्था कृषि सहकारी मन्त्रालयका पेश परेको दुग्धविकास बोर्ड गठनको लागि मुल कमिटि गठन गर्न स्वीकृत दिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरूङ भदौ ७ र ८ गते यूकेमा हुने नेपाली मेलामा प्रमुख अतिथिकाे रूपमा सहभागी हुने कार्यक्रम रहेको छ ।
भ्रमण खर्च आयाेजकले नै बेहाेर्ने बताइएकाे छ ।

