महरा पुर्पक्षका लागि थुनामा, सदरखाेरमा रहने
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेपछि प्रहरीकाे हिरासतमा रहनुभएका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ।
अदालतले महरालाई डिल्लीबजार कारागारको थुनामा राख्न आदेश दिएको हाे । अब अस्पताल पठाउने कि थुनामै राख्ने भन्ने बिषयकाे निर्णय भने डिल्लीबजार कारागारले नै तय गर्ने बताइएकाे छ।
सोमबार जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले तत्काल प्राप्त प्रमाण हेर्दा महरालाई थुनामै राखेर मुद्दा अघि बढाउन उपयुक्त देखिएकाे भन्दै यस्ताे आदेश गरेको हो।
Facebook Comments

