नवौ पोखरा महोत्सवलाई ३ सय वढी संघ सस्थाले सहयोग गर्ने
नवौ पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले साथ दिने भएका छन । युनाइटेड क्लवको आयोजनामा आगामी पुसको २७ देखी माघको ८ गते सम्म अमरसिंह चौरमा आयोजना हुने महोत्सवमा पोखरा उपत्यका भित्र रहेका ३ सय वढी संघ संस्थाहरुले नवौ संस्करणको पोखरा महोत्सवलाई झाँकी तथा र्यालीको माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
क्लवको प्राङ्गणमा शुक्रबार आयोजित भेलामा उपस्थित संघ सस्थाका प्रतिनिधीहरुले युनाइटेड क्लवले महोत्सवकै माध्यामबाट सामाजिक काममा अगाडी वढिरहेकोले पोखरा महोत्सव युनाइटेड क्लवको मात्र नभइ आफुहरुको समेत महोत्सव रहेको वताएका थिए । युनाइटेड क्लवले महोत्सवको माध्यामबाट पोखराको मात्र नभइ समग्र गण्डकी प्रदेशमै सामाजिक काम गरिरहेको भन्दै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले सहयोग गर्न तत्पर रहेको बताएका हुन् ।
शुक्रबार सम्पन्न भेलालाई सम्बोधन गर्दै नवौ पोखरा महोत्सव झांकी र्याली ब्यवस्थापन उपसमिती संयोजक सम्मर बहादुर श्रेष्ठले पोखरा महोत्सव युनाइटेड क्लवको मात्र नभइ समग्र गण्डकी प्रदेशकै महोत्सव भएकाले यसले लिएको उद्देश्यलाई पोखरामा रहेका सम्पूर्ण संघ सस्था, आमा समुह, टोल बिकास संस्था र क्लवहरुले सहयोग गर्नुपर्ने वताउनुभयो ।
उहाँले पोखरा महोत्सव अन्य महोत्सव भन्दा फरक उद्देश्य बोकेको र विशुद्ध सामाजिक काम संगै पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा पहलकदमी गर्दै हाल लेखनाथमा ज्योलोजिकल पार्क निर्माण कार्य जारी रहेको र सम्पूर्ण संघ सस्थाहरुकै सहयोगमा यो काम सम्भव भएकाले अहिले सम्म जारी रहेको सहयोगलाई निरन्तरता दिन आवश्यक रहेकोमा समेत जोड दिनुभयो
त्यस्तै संघ सस्था ब्यवस्थापन उपसमिती संयोजक सीमा गुरुङले पोखरा महोत्सव विभिन्न संघ सस्थाहरुको सहयोग र साथकै कारण यहा सम्म आइपुगेको वताउदै भेलामा उपस्थित सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्दै सहयोग गरिदिन आग्रह गर्नुभयो ।
महिला समुह परिचालन उपसमिती संयोजक शान्ती शुवेदीले महिला दिदी बहिनीहरुको उपस्थिती बिना कुनैपनि कार्यक्रम सफल नहुने उल्लेख गर्नुभयो । अघिल्लो वर्षको आठौ संस्करणको पोखरा महोत्सवमा २ सय वढी झाकी र्यालीमा संघ सस्थाहरुको सहभागीता रहेको थियो ।
महोत्सवमा यस वर्ष झाकी प्रदर्शन तर्फ प्रथम हुनेलाई नगद १५ हजार र प्रमाणपत्र, द्धितिय हुनेलाई नगद १० हजार र प्रमाणपत्र , तेश्रो हुनेलाई नगद ५ हजार र प्रमाण पत्र र शान्तवना हुनेलाई नगद ३ हजार र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
र्यालीमा सहभागी हुने टीम मध्ये प्रथम हुनेलाई नगद ६ हजार, द्धितिय हुनेलाई नगद ४ हजार, तृतिय हुनेलाई नगद २० हजा र शान्तवना हुनेलाई नगद १ हजार पुरस्कारको ब्यवस्था मिलाइएको महोत्सव प्रचार प्रसार संयोजक शान्ता बहादुर थापाले जानकारी दिनुभयो । महोत्सवमा सहभागी प्रत्येक झाकीलाई ५ हजार र र्यालीलाई नगद २ हजार र प्रमाणपत्र प्रदान गरिने छ भने महोत्सवका लागी एक दिने पासको ब्यवस्था मिलाइएको छ ।

