वाइड बडी विमान खरिद प्रकरणः सांसदहरूबीच आरोपप्रत्यारोप

सत्ता पक्षका सांसदहरुको बिरोधपछि संसदको सार्वजनिक लेखा समितिले वाइड बडी विमान खरिदका सम्बन्धमा उपसमितिले दिएको प्रतिवेदन परिमार्जन गर्ने भएको छ । हिजो सिंहदरबारमा बसेको समिति बैठकमा नेकपा र प्रमुद प्रतिपक्षी काँग्रेसका सांसदहरूबीच आरोपप्रत्यारोप चलेपछि विना निर्णय टुंगिएको थियो ।

काँग्रेस सांसद राजेन्द्र कुमार केसी संयोजक रहेको लेखा समितिको उपसमितिले दुई वटा फराकिलो स्वरुपका जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड अनियमितता भएको निष्कर्ष सहितको प्रतिवेदन तयार पारेको थियो । उक्त प्रतिवेदनमा छलफल गर्न बसेको बैठक लेखा समितिको बैठकमा सत्ता पक्षका सांसदले प्रतिवेदनप्रति असहमति जनाएपछि विना निष्कर्ष टुंगिएको थियो ।

अनियमिततामा नैतिक रुपमा जिम्मेवार रहेको ठहरसहित बहालवाला मन्त्री रबिन्द्र अधिकारी, पुर्व मन्त्रीहरु जीवन बहादुर शाही तथा जितेन्द्र देब सहित सचिब र कर्मचारी गरि ३४ जनालाई कारवाही गर्नुपर्ने निष्कर्षमा उपसमिति पुगेको छ । काँग्रेस सांसदले प्रतिवेदन पारित गरी अख्तियारलाइ लेखि पठाउनुपर्ने अडान लिँदा सत्ता पक्षका सांसद प्रतिवेदन पुर्नलेखन गर्नुपर्नेमा जोड दिन थालेपछि एकछिन दुइपक्षका सांसदबीच चर्काचर्की परेको थियो ।

जसको पालामा जहाज किन्ने र पैसा पठाउने निर्णय भएको हो उसलाइ मुख्य जिम्मेवार नबनाएर बर्तमान मन्त्री अधिकारीलाइ दोषीका रुपमा प्रस्तुत गर्न खोजेको नेकपाका सांसदले भनेपछि उपसमितिको सदस्य रहेका नेकपाकै सांसदले अध्ययनमा पक्षपात नभएको स्पष्टिकरण दिएका थिए । सानो आकारको संसद्को रूपमा संसदीय समितिलाई चिनिन्छ तर सरकारले फेरी यही विषयमा छानबिन गर्न उच्चस्तरीय आयोग बनाइसकेको छ । कतिपयले यसलाई संसदको विशेषाधिकारको सरकारले हनन गर्न खोजको बताएका छन् ।

Facebook Comments