घुस सहित पक्राउ परेका तेली विरुद्ध विशेष अदालतमा मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लामा कार्यरत प्रहरी सहायक निरीक्षक रामनरशे साह तेली विरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
महोत्तरी जिल्लाको औरही प्रहरी चौकी औरहीमा कार्यरत प्रहरी सहायक निरीक्षक राम नरेश साह तेलीले नेपाल भारत सीमा बजारबाट घरमा प्रयोग गर्ने इलेक्ट्रोनिक लगायतका सामानहरू ल्याउन सहज गराई दिने भनी विभिन्न बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास महोत्तरीबाट खटिई गएको टोलीले घुस लिदैं गर्दा पक्राउ गरेको थियो ।
तेलीले सेवाग्राहीसँग रू।१०,०००।– ९दस हजार० घुसबापतको रकम लिई स्थानीय फर्निचर उद्योग सञ्चालक दिनेश साहलाई दिदै गर्दाको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान हुँदा निज राष्ट्रसेवक कर्मचारी राम नरेश साह तेलीले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा मंगलबार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको योगले जनाएको छ ।

