बार एशाेसिएशनमा एनएलएका उम्मेदवार विजयी
कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठले विजयी हुनुभएकाे छ भने महासिचवमा लिलामणी पाैडेल विजयी हुनुभएकाे छ । श्रेष्ठ प्रगतिशील, पेशागत तथा समावेशी समूह (एनएलए) र पाैडेल बृहत् लोकतान्त्रिक समूह (डिएलए)का तर्फबाट चुनावी प्रतिस्पर्धामा रहनुभएकाे थियाे ।
एनएलए नेपाल कम्युनिष्ट पार्टी निकट कानुन व्यवसायीहरू र डिएलए काँग्रेस निकट कानुन व्यवसायीहरू संगठित रहेकाे संस्था हुन् । श्रेष्ठले डिएलएका सुनील कुमार पोखरेललाई एक सय ४९ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे ।
नेपाल बार एशोसिएशनको शनिबार भएको २५औं केन्द्रीय कार्यसमितिको चुनावमा एनएलएका श्रेष्ठले ४ हजार २२ मत र डिएलएबाट अध्यक्षका उम्मेदवार सुनिल पोखरेलले ३ हजार ८ सय ७३ मत ल्याएका निर्वाचन समितिले जनाएकाे छ ।
महासचिवमा विजयी डिएलएका पौडेलले एनएलएका सुरेन्द्र बहादुर थापालाइ पराजित गर्नुभएकाे हाे । पाैडेलले ४ हजार १ सय ७८ मत र थापाले भने ३ हजार ६ सय १ मत ल्याउनुभएकाे छ । २५ जनाको केन्द्रीय कार्यसमितिमा एनएलएबाट अध्यक्ष सहित २२ र डिएलएबाट महासचिव सहित ३ जनाले विजयी भएका छन् ।
विजयी उम्मेदवार
चण्डेश्वर श्रेष्ठ अध्यक्ष
रक्षा बस्याल उपाध्यक्ष महिला
मानबहादुर रुम्दाली राई उपाध्यक्ष १ नम्बर प्रदेश
रामचन्द्र सिंह उपाध्यक्ष २ नम्बर प्रदेश
इश्वरीप्रसाद भट्टराई उपाध्यक्ष ३ नम्बर प्रदेश
सुरेन्द्र थापा मगर, उपाध्यक्ष ४ नम्बर प्रदेश
लिलामणि पौडल ,महासचिव
सुनिलकुमार श्रेष्ठ ५ नम्बर प्रदेश
मीनबहादुर महत उपाध्यक्ष ६ नम्बर प्रदेश
उमेशप्रसाद बिष्ट उपाध्यक्ष ७ नम्बर प्रदेश
रुद्रप्रसाद पोखरेल कोषाध्यक्ष
मोहन साह शंकर दलित सदस्य
पंचनारायण मण्डल मधेशी सदस्य, उपत्यका बाहिर
वीरेन्द्रकुमार ठाकुर सदस्य मधेशी
विनाकुमारी सिंह चौधरी आदिबासी जनजाति सदस्य उपत्यका बाहिर
बद्रीकुमार नगरकोटी आदिबासी जनजाति सदस्य
कल्पनाकुमारी भण्डारी महिला सदस्य उपत्यका बाहिर
अन्जु कायस्थ महिला सदस्य खुल्ला
डा विशराज पण्डित उपत्यका बाहिर सदस्य
गंगासागर खत्री खुल्ला सदस्य
भीमसेन बन्जारा खुल्ला सदस्य
भुवनप्रसाद निरौला खुल्ला सदस्य
प्रकाश महर्जन खुल्ला सदस्य
बालकृष्ण गैरे खुल्ला सदस्य
खिमानन्द अधिकारी खुल्ला सदस्य

