ब्रेकिङः विजयपुर खोलामा बढी आउँदा डाइभर्सनबाट सवारी आवागमन बन्द
पोखरा महानगरपालिका वडा नं. २६ र १४ लाई जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत विजयपुरमा रहेको विजयपुर खोलामा बाढी आउँदा डाइभर्सनबाट मालावाहक सवारी आवागमन बन्द भएको छ ।
विहान ४ बजेदेखि डाइभर्सनभन्दा माथिसम्म बाढी आउँदा मालबाहक सवारी साधानहरुको आवागमन ठप्प भएको हो ।
विजयपुर पुल जीर्ण हुँदा १० टनमाथि भार भएका सवारीलाई सोही ठाउँबाट आवतजावत गराउँदै आइएको थियो ।अहिले पोखरा भित्रनै सयौ) ट्रकहरु अलपत्र परेका छन् ।

पानीको सतह घटेपछि डाइभर्सनबाट सवारी आवागमन सूचारु हुने बताइएको छ । बर्षात् काे समय भएकाले विजयपुर खोलमा ठूलो बाढी आउने गर्दछ ।
विजयपुरमा रहेको पक्की पुलको सर्पोटमा रहेका फलामका पत्ता चर्केपछि लोड गाडीहरुलाई डाइभर्सन हुँदै जाने व्यवस्था मिलाइएको थियो । पुल मर्मतको काम हुन सकेको छैन । हलुका यात्रुबाहक सवारी साधन सोही पुल हुँदै आवागमन गरिरहेका छन् ।
पुलको विकल्पका रुपमा बेलीव्रिज निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । असरा मसान्तसम्ममा बेलिव्रिज निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी छ ।
खोलामा बाढीमात्रै आएको र डाइभर्सन नभत्केकोले पानीको बहाव कम भएपछि सोही ठाउँबाट लोडेड गाडीहरु आवतजावप्त गर्ने जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

