भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प(अपडेट)
अपरान्ह ४.१५ मा भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अपरान्ह ४ बजेर १५ मिनेट जाँदा भक्तपुर केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिनुभयाे ।
उहाँका अनुसार भूकम्पको धक्का नयाँ नभएर ०७२ वैशाख १२ गतेको भूकम्पकै पराकम्प भएको उल्लेख गर्नुभयाे ।
भूकम्पको धक्का भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे, नुवाकाेट, मकवानपुर लगायतका जिल्लामा महसुस भएको थियाे । भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित बनेका छन् ।
Facebook Comments

